असीमित आशा बोकेर धन कमाउन उडेका अस्तु बनेर फर्किए…

काठमाडौं, ९ साउन । मलेसियाबाट शनिबार एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ ।

विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो ।

मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्यको दृष्य विल्कुल फरक थियो ।

परिवारमा खुसी ल्याउछु भन्ने वाचा गर्दै गएकाहरु बन्द बकासमा मृत फर्किएका थिए भने तिनको आफन्तहरु शोकाकुल थिए । शबको प्रतिक्षामा रहेका आफन्तहरु प्लाष्टिकले छोपिएका शवको बाकस देख्ने बित्तिकै बाकसमै अंगालो हालेर भक्कानो छाडिरहेका थिए ।

कसैका आमा त कसैका श्रीमती त्यही बाक्कसलाई ग्वाम्लाङ अंगालो हालेर रुँदै थिए । धन कमाउने असीमित आशा बोकेर उडेका उनीहरूलाई आफ्नालाई निराश बनाउने अस्तुमा सीमित भएका थिए।

विदेशबाट फर्किने बासकहरूमा शव मात्र हैन, अधुरा र अपूरा सपना पनि फर्किन्छन् । ‘कर्मको फल मीठो हुन्छ’ भनेर विदेशिएकालाई ‘भाग्य’ले ‘मृत्यु’को बिल्ला भिराएर फर्काउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here