काठमाडौं, १० साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ७५ र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३९६ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८४ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।