इस्कर्टसको एक्सट्रिम ब्याकहो लोडर नेपाली बजारमा, मुल्य कति ?

काठमाडौं, २ असार । इस्कर्टस कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता द हबी अटो ट्रेडिङले एक्सट्रिम ब्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी उक्त हेभी इक्युपमेन्ट सार्वजनिक गरेको हो ।

इस्कर्ट कम्पनीको उत्पादन टिकाउ, गुणस्तरीय र इन्धनमैत्री भएको र सार्वजनिक भएको नयाँ ब्याकहो लोडर निर्माण क्षेत्रको लागि धेरै उपयोगी हुने कम्पनीका प्रवन्ध निर्देशक उमेश नारायण मानन्धरले दाबी गरे ।

इस्कर्ट ४.३६८ टि.सी आई इन्जिन, ९० एच.पी इन्लाइन पम्प जडित लोडरको तौल ८ हजार ४ सय के.जी रहेको बताइएको छ ।

करारो ट्रान्समिसन र टेण्डर गियर पम्प भएको मेसिनको लोडर डम्पिङ हाइट ३ मिटर र पे लोड १ हजार ९ सय ८० के.जी रहेको कम्पनीले बताएको छ ।

साथै मेशिनले ४.८ मिटर गहिराइसम्म खन्न सक्ने कम्पनीले प्रवन्ध निर्देशक मानन्धरले बताए ।

लामो समयदेखी विभिन्न प्रकारका उपकरणहरुको कारोबार गर्दै आएको हबी अटोले ट्याक्टरका साथै विगत दुई वर्षदेखि चिाियाँ सनरा ब्राण्डको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।

लोडरको मुल्य नेपाली बजारमा ४३ लाख २० हजार मूल्य कम्पनीले बताएको छ ।

साथै खरिदमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा देशभरका सेल्स, सर्भिस र पार्टस शाखा कार्यलयबाट प्रदान गरिने कम्पनीका प्रवन्ध निर्देशक मानन्धरले बताए ।

बिक्रीको सुरुवाती क्रममा प्रत्येक एक्सट्रिम व्याकहो लोडर खरिदमा एकजनालाई थाइल्याण्ड भ्रमणको व्यवस्था पनि रहेको कम्पनीले बताएको छ ।

कम्पनीले एक वर्षको अवधीमा २ सयवटा लोडर बिक्री गर्ने लक्ष्य लिएको पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here