नेप्सेले नयाँ रेकर्ड बनाउँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, १० साउन । शेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । नेप्सले डेढ महिना अघिको रेकर्ड तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो ।

आज नेप्सेले ३०५८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०५० विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि गत जेठ ३१ गते नेप्सेले इतिहासकै सर्वाधिक ३०२५ विन्दुको रेकर्ड बनाएको थियो ।

आइतबार शेयर मापक सूचक नेप्से ५४.३१ अंकले बढेर ३०५८.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २२३ कम्पनीको १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ रुपैयाँ बराबरको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच भएका छन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन लगानीकर्ताको रोजाइका बैकको शयेर परेको छ ।

नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । नेपाल बैकको ४९ करोड ७६ लाख ६५ हजार १८३ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंकको शेयर परेको छ । ग्लोबलको ४९ करोड ४४ लाख ३९ हजार ३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

एनसीसी बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । एनसीसी बैंकको ३४ करोड ७८ लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा अरुण काबेलीको शेयर परेको छ । अरुणको ३४ करोड २ लाख ६५ हजार ५३७रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा एनआइसी एशिया बैंकको शेयर रहेको छ । एनआइसी एशिया बैंकको ३३ करोड ८० लाख ४५ हजार ३५१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here