उधारो बीमालेख जारी नगर्न बीमा समितिको निर्देशन

काठमाडौं, ११ साउन । बीमा समितिले उधारो बीमालेख जारी नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले सोमबार एक सूचना प्रकाशित उधारोमा बीमालेख जारी नगर्न निर्देशन दिएको हो ।

उधारोमा बीमालेख जारी गरेको पाइएमा त्यस्ता बीमा कम्पनीहरुमाथि कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

समितिले बीमा ऐन, २०४९ को दफा २७ भएको व्यवस्थाअनुसार नै बीमा वापतको शुल्क रकम प्राप्त भएपछि मात्र बीमालेख जारी गर्न निर्देशनमा भनिएको छ ।

दफा २७ मा ‘कुनै पनि बीमाकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमावापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नुहुँदैन। बीमकले जोखिम ग्राहक गरेबापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ’ भन्ने व्यवस्था छ।

ऐनमा भएको व्यवस्थाबमोजिम उधारो बीमा गर्ने वा बीमाशुल्कबापतको रकम बीमकको बैंक खातामा प्राप्त नभईकन बीमालेख जारी गर्ने गराउने कार्य नगर्न नगराउनसमेत समितिले निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here