कारोबारको दुईघण्टाः बजार दोहोरो अंकले घट्दा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ११ साउन । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से १५.१९ अंकले घटेर ३०४३.४७ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २१८ कम्पनीको २ करोड १६ लाख ४१ हजार ६१३ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ६४ करोड रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, रिडी हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनी शेयरमूल्यमा सर्किट लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here