काठमाडौं, ११ साउन । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गरिने भएको छ। संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ।
संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ। तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ साउन १४ गते देखि भदौं ८ गते सम्म आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश सक्ने कम्पनीले जनाएको छ ।