शेयर बजारमा करेक्सन, ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ११ साउन । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा करेक्सन भएको छ । सोमबार नेप्से परिसूचक ८.२४ प्रतिशत घटेर ३०५०.४२ अंकमा झरेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स २.९३ अंकले घटेर ५७१.१० अंकमा झरेको छ ।

आज बैकिङ्ग, सामुहिक लगानी कोष, विकास बैंक, अन्य र इन्भेष्टमेन्ट बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै बैंकिङ्गको २ प्रतिशत घट्यो । त्यस्तै, सामुहिक लगानी कोषको १.४३ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै हाइड्रोपावरको सूचक बढ्यो । हाइड्रोपावरको सूचक ३.३५ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्सको २.५७ प्रतिशत बढ्यो ।

सोमबार २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाखको कारोबार भयो ।

आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमध्य विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी जलविद्युत, माउण्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने हिमालयन उर्जा विकास र निगडी ग्रुप पावरको ९.९९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआइसी एसिया डेबिन्यूटका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ७.२२ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार निगडी हाइड्रोले गर्यो । हाइड्रोले ३९ करोड ३० लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here