बेतन कर्णालीमा सञ्चयकोष, नेपाल एसबीआई र नबिलको लगानी

क्लाउडपत्रिका

काठमाडौं । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश शेयर लगानी रहेको बेतनकर्णाली सञ्चयकर्ता हाइड्रोपवरमा नेपालएसबीआई बैंक र नबिल बैंकले लगानीगर्ने भएका छन् ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडले सुर्खेत जिल्लाको चौकुनेस्थित बेतानमानिर्माणगर्न लागेको ६८० मेगावाट क्षमताको बेतन कर्णालीमा कोष, नेपालएसबीआई र नबिलले २५ अर्ब रुपैयाँसम्म सहवित्तीयकरण गर्ने भएकाहुन् । तीन संस्थाले बैकिङ सहबित्तीयकरणका लागि समुह गठन गरि ऋण व्यवस्थापनगर्ने समझदारीपत्रमा बिहीवार हस्ताक्षर गरेका छन् ।

कोषकाकार्यवाहक प्रशासक दीपक रौनियार, नेपाल एसविआईका प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलेआआफ्ना कम्पनीका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरे ।

बेतन कर्णालीकोे अधिकृत पूँजी रु. २० अर्ब र जारी पूजी रु. १० अर्ब रहेको छ । यसमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करीब ५ लाख ५० हजार सञ्चयकर्ताको ४०प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै,कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल बिद्युत प्राधिकरण १० प्रतिशत, बिद्युत उत्पादन कम्पनीको १०प्रतिशतर बाँकी २५ प्रतिशत सर्बसाधारण नेपाली नागरिक, आयोजना प्रभावित जिल्लाका वासिन्दा र अतिबिपन्न परिवारको शेयर स्वामित्व रहनेछ ।
आयोजनाको बिस्तृत परियोजनाप्रतिबेदनतयारी कार्यएनईए इन्जिनीयरिङ्ग कम्पनी लिमिटेडबाट भैरहेको छ ।

सो आयोजनाको कुललागतकरीब ७० अर्ब रुपैयाँरहने प्रारम्भिक अनुमान छ । सो लागतमध्ये ३० प्रतिशतअर्थात् २१ अर्ब रुपैयाँशेयर पूँजीबाट र बाँकी७० प्रतिशतअर्थात ४९ अर्ब रुपैयाँ ऋणबाटब्यवस्थापन गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here