शेयर बजारमा नयाँ कीर्तिमान, १४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १२ साउन । साताको तेस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेसंगै नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार नेप्से परिसूचक २९.२४ अंकले बढेर ३०७९.६७ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ३.१९ अंकले बढेर ५७४.३० अंकमा पुग्यो ।

आज लघुवित्त, बैंकीङ्ग, होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै लघुवित्त समुहको सूचक घट्यो । लघुवित्तको सूचक २.०६ प्रतिशत घट्यो । त्यस्तै, होटल तथा टुरिजमको ०.५७ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । यस समुहको सूचक ४.७४ प्रतिशत बढ्यो । त्यस्तै, जलविद्युतको ३.७५ प्रतिशत बढ्यो ।

मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ अर्बको कारोबार भयो ।

आज १४ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् । बहुउदेश्य फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, यूनाईटेड मादी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोवार र घलेम्दी हाइड्रोको शेयर मूल्य १० प्रतिशत बढ्यो । यसको अलवा अन्य ७ कम्पनीमा सर्किट लाग्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सर्पोट लघुवित्तका शेयर धनी छन । लघुवित्तको शेयर मूल्य ५.७७ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार एनआइसी एसिया बैंकले गर्यो । बैंकले ४९ करोड १५ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here