नेप्सेले नयाँ रेकर्ड बनाउँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, १२ साउन । शेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । नेप्सले डेढ महिना अघिको रेकर्ड तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो ।

आज नेप्सेले ३०७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०७५ विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि गत साउन १० गते नेप्सेले इतिहासकै सर्वाधिक ३०५८ विन्दुको रेकर्ड बनाएको थियो ।

मंगलबार शेयर बजार मापक सूचक नेप्से २९.२८ अंकले बढेर ३०७९.६७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच भएका छन् ।

एनआइसी एशिया बैंकको शेयर सर्वाधिक कारोबारमा रहेको छ । एनआइसी एशिया बैंकको ४९ करोड १५ लाख ५० हजार ७५५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा अपी पावरको शेयर परेको छ । अपीको ४८ करोड ३२ लाख १ हजार ४१४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको शेयर तेस्रो स्थानमा रहेको छ । युनाइटेडको ३६ करोड २४ लाख ४० हजार ५३० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा सानिमा माई हाइड्रोपावरको शेयर परेको छ । सानिमाको ३५ करोड २८ लाख ५७ हजार ४९७ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा नेशनल हाइड्रोपावर कम्पनीको शेयर रहेको छ । नेशनलको ३४ करोड ७७ लाख ८ हजार ५७० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

शेयर बजारमा नयाँ कीर्तिमान, १४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here