नबिल बैंकमा व्यवसायिक कर्जाको आवेदन अनलाइनबाटै दिन पाईने

काठमाडौं, १२ साउन । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।

ऋण लिन इच्छुक व्यक्तिले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बैंकले बताएको छ ।

यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको बैंकले जनाएको छ ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टबाट बैंकले सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here