पछिल्लो २४ घण्टामा ३८९९ जनामा कोरोना पुष्टी, २० संक्रमितको मृत्यु

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा देशभर ३८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५५ जनाको पीसीआर २७२६जनामा र ४८६३ जनाको एन्टिजेन परीक्षणमा ११७३ जना गरी ३८९९ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७७८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ । २८ हजार ८३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here