राष्ट्रपतिद्धारा गण्डकी प्रदेश प्रमुखमा गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा शेरचन नियुक्त

काठमाडौं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

बैठकले गुरुङलाई गण्डकी र शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस गरेको थियो।

दुवै जनालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्तिका लागि सिफारिश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here