विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १३ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ५९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here