काठमाडौं, ३ असार । आइएमई पे र मुक्तिनाथ विकास बैंकबिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था बनेको छ ।
मुक्तिनाथ विकास बैंकका खाता भएका ग्राहकहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने बताईएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
हाल ‘आइएमई पे ’मा २० हजार एजेण्ट रहेको कम्पनीले जनाएको छ ।