सबैको लघुवित्तको खुद नाफामा छलाङ

काठमाडौं, १३ साउन । सबैको लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ ।

लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुदा नाफा २३१.६८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष ६६/७७ मा कम्पनीले ३ करोड ४४ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ मा कम्पनिको खुद नाफा बढेर ११.४३ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.९४ प्रतिशतले बढेर २३ करोड ७६ लाख पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह ७४.१८ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ भने सापटी ६४.८५ले बढेर २ अर्ब ४० करोड पुगेको छ ।

२० करोड ६० लाख चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा १२ करोड ८० लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here