प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ साउन । बुधबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य बुधबार ३ सयले बढेर प्रतितोला ९२ हजार १०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

बुधबार चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here