प्यान रुजु गर्न ब्रोकर र लगानीकर्तालाई नेप्सेको आग्रह

काठमाडौं, १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्थायी लेखा नम्बर रुजू गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

लगानीकर्ताको स्थायी लेखा नम्बर फरकफरक प्रविष्टि गरेका कारण पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको भन्दै नेप्सेले उक्त आग्रह गरेको हो ।

फरकफरक प्यान प्रविष्टि गर्दा आन्तरिक राजस्व कार्यालयको बेबसाइटमा अपलोड हुन नसकेको पनि नेप्सेले जनाएको छ ।

उक्त लेखा नम्बर प्रविष्ट गरेको कारण विवरण रुजू नभएमा तथा फरक स्थायी लेखा नम्बरको कारणले लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पुँजीगत लाभाकर नभएमा स्वयम सदस्य दलाल व्यवसायी नै जवाफदेही हुने सूचनामा उल्लेख छ।

लगानीकर्ताले पनि आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजू गरि यकिन गर्न नेप्सेले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here