दोहोरो अंकले बढेको शेयर बजारमा नयाँ रेकर्ड, ३ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १३ साउन । साताको चौथो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेसंगै नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ अंकमा पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार इन्डेक्स ०.०२ अंकले बढेर ५७४.३२ अंकमा पुगेको छ ।

बुधबार जलविद्युत, बैकिङ्ग, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । जलविद्युतको सूचक १.४७ प्रतिशत घट्यो । त्यस्तै बैकिङ्गको ०.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको ०.५५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै होटल तथा टुरिजमको बढ्यो । होटल तथा टुरिजम समुहको सूचक ७.०९ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बीमा समुहको ३.०८ प्रतिशत बढ्यो ।

बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब २९ करोडको कारोबार भयो ।

आज ३ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा नारायणी विकास बैंक, बहुउदेश्य फाइनान्स कम्पनी र चन्द्रागिरी हिल्स रहेका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माइ हाइड्रोका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.०७ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार यूनाईटेड मोदी हाइड्रोपावरले गर्यो । कम्पनीले ३८ करोड ६१ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here