सामलिङ पावरको आइपीओ साउन २२ देखि खुल्ने

काठमाडौं, १४ साउन । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामवासीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ गर्ने भएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये आयोजना अति प्रभावित इलाम नगरपालिका वडा नं. ८ र १० र माइजोगमाइ नगरपालिकाका वासिन्दाका लागि २ लाख कित्ता र इलाम जिल्लाभरका वासिन्दाका लागि ३ लाख कित्ता छुट्याइएको छ ।

कम्पनीको आइपीओमा लगानीकर्ताले भदौं २ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएएको छ । स्थानीयलाई ५ लाख कित्ता आइपीओ विक्रीपछि कम्पनीले दोस्रोचरणमा सर्वसाधरणका लागि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्नेछ ।

कम्पनीको आइपीओ विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार एसबीआई मर्चेण्ट बैंकिङ रहेको छ ।

ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९.५१ मेगावाटको आयोजना बनाइरहेको छ । उक्त आयोजना २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने कम्पनीको लक्ष्य राखेको छ ।

ऊर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here