महाकाली झोलुङ्गे पुलमा आवागमन तीन दिनको लागि दैनिक ७ घण्टा बन्द

दोधारा, १४ साउन । महाकाली नदीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागी माहाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।

विहीबार, शुक्रबार र शनिबार दैनिक बिहान ६ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ४ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीद्धारा जारी सूचनामा भनिएको छ ।

महाकाली नदीपारिको महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाई एक हजार चारसय ५२ मिटर छ। नेपालमा रहेका सबै प्रकारका पुलहरू मध्ये चाँदनी-दोधारा पुल नै सबैभन्दा लामो पुल हो।

२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल एसियामै दोस्रो लामो झोलुङ्गे पुलमा ३२.७ मिटरका ७ वटा अग्ला टावर छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here