जीवन विकास लघुवित्तको शेयर किन्नेको ओइरो, बेच्ने शून्य

काठमाडौं । आजबाट कारोबार सुरु भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर किन्नेको ओइरो लागेको छ ।

९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको १२ बजेसम्म शेयर मूल्य ६.११ प्रतिशतले बढेर ९६९.८० रुपैयाँ पुगेको छ । सो अवधिसम्म साढे १० लाख कित्ता बढी शेयर माग भए पनि विक्री कर्ता भने छैनन् । १ घण्टाको अवधिमा जम्मा ७० कित्ता मात्र कारोबार भएको छ ।

कम्पनीले बुधबार ४१ लाख ६ हजार ७०० कित्ता संस्थापक र १९ लाख ७७ हजार ३०० साधरण गरी कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको थियो ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here