पहिलोदिन कति भयो जीवन विकास लघुवित्तको शेयर किनबेच ?

काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर कारोबारको पहिलो दिनमा झण्डै १ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा कारोबार थालेको कम्पनीको शेयर मूल्य बजार बन्द हुँदा ९८९ रुपैयाँ १० पैसा पुगेको छ। दिनभर १० पटक १० कित्ताका दरले मात्रै शेयर किनबेच भएको छ।

यस दिन सो कम्पनीको जम्मा ९५ हजार २५७ रुपैयाँको १ सय कित्ता सेयर कारोबार भयो। पहिलो कारोबारमा १७ नम्वरको ब्रोकरले ५९ नम्वरको ब्रोकरलाई शेयर बिक्री गरेको छ। आज दिनभर सो कम्पनीको ९ पटक कारोबार भएको छ।

नेप्सेले सो कम्पनीको पहिलो कारोबार मूल्य ३०५ रुपैयाँदेखि ९१५ रुपैयाँ ८१ पैसासम्मको सीमा दिएको थियो।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here