थप ३३६५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २३३५ र ४७८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ४४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here