एक सय ३२ देशमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले विश्वका एक सय ३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको जानकारी दिएको छ ।

अत्यधिक सङ्क्रामक मानिने डेल्टा भेरियन्ट एक सय ३२ देशमा, अल्फा भेरियन्ट एक ८२ देशमा, बेटा भेरियन्ट एक ३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको डब्लुएचओले जनाएको हो ।

गत साता विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । १५ देखि २५ जुलाईसम्मको तथ्याङ्क हेर्दा अघिल्लो हप्ताको तुलनामा सङ्क्रमणदरमा आठ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यस साता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लुएचओको भनाइ छ ।

त्यसैगरी, अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि २१ प्रतिशतले वृद्धि भएको डब्लुएचओले जनाएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here