‘एमसीसी सम्झौता सबैले थाहा पाउनु पर्छ, संसदमा पेश गर्नुस्’- भीम रावल

काठमाडौं १५ साउन । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न पाउनुपर्ने माग गरेका हुन्।

एससीसीबारे सबैले थाहा पाउनु पर्ने उनको भनाइ थियो। यो राष्ट्रका हितमा नभएको उनको जिकिर थियो। रावलले भने, ‘एमसीसीका विषयमा जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्छ। अनुदान हो भने निस्वार्थ अनुदान हुनुपर्छ। सामरिक विषयसँग साटिनु हुँदैन।’ राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए।

‘एमसीसीका सबै कागजात सार्वजनिक गरिएको छैन । यदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौतका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘जुनजुन बेला राजनीति परिवर्तन हुन्छ ।

सरकार परिवर्तन हुन्छ । नेपाली जनताको स्वाभिमान ओझेलमा पर्नेगरी सन्धी सम्झौता हुन्छन् । एमसीसी सम्झौता त्यस्तै हो । म यहाँबाट सदन र देशभक्त नेपालीलाई भन्न चाहन्छु । त्यो सम्झौता जुन सदनमा पेश भएको छ । अरु गोप्य सम्झौता पनि भएका छन् ।’

सांसद रावलले नेपालले कुनै पनि शक्तिको राजनीतिक र सैन्य गतिविधिमा सहभागी हुन नसक्ने असंलग्न नीति लिएकाले इन्डो प्यासिसिफिक सैन्य रणनीतिसँग जोडिएको एमसिसीलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

‘एमसीसीका कतिपय प्रावधान, नेपालको कानुन र संविधानसँग बाझिन्छन् । नेपाली जनताका सार्वभौम अधिकारमाथि कुठाराघात गर्ने कुरा स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘एमसीसीको प्रावधान सबै पढेको छु ।

एमसीसी सम्झौता कार्यान्वयन नभई कार्यालय कसरी खुल्छ ? नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ? यो संसदले त्यसको बारेमा निर्णय गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here