कति छन् विश्वका ठूला कम्पनीमा कामदार, अमेजनमा १३ लाखलाई रोजगारी

काठमाडौं । विश्वप्रसिद्ध केही कम्पनी कमाईको रुपमा मात्रै नभएर धेरै रोजगारी सिर्जनामा निकै अघि रहेका छन् । जसमा लाखौ मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेका छन् ।

चर्चित कम्पनी अमेजन, माइक्रोसफ्ट, एप्पल र टेस्लामा मात्रै लाखौ मानिसले रोजगारी पाईरहेका छन् । जसमा सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने कम्पनी अमेजन अगाडी छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम ‘ग्रिक वाइर’ का अनुसार अमेजनमा कामदारको संख्या १३ लाखभन्दा धेरै रहेको छ ।

अमेजन

अमेरिकाको सियाटल वासिङ्टनमा मुख्य कार्यलय रहेको अमेजनको मालिक जोफ बेजोस हुन् । बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । बेजोसले एक अन्र्तवार्तामा एउटा व्यक्ति उद्योगपति हुनु भनेको उसले हजारौं व्यक्तिलाई रोजगारी सिर्जना गर्नु हो भनेका थिए ।

अमेजन एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो । यो कम्पनी विशेष गरी विद्युतीय व्यापार (इ–कमर्स) , क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेफिजेन्सको क्षेत्रमा केन्द्रित छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यम ‘ग्रिक वाइर’ का अनुसार अमेजनले १३ लाखभन्दा धेरै मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ । जसमा ५ लाख कामदार सन् २०२० मा मात्रै बढेको कुरा रिपोर्टमा उल्लेख छ । अमेजनको मार्केट भ्यालु १.८४३ ट्रिलियन डलर रहेको रहेको छ ।

माइक्रोसफ्ट

माइक्रोसफ्टको प्रमुख कार्यालय अमेरिकाको वाशिंटन स्थित रेडमन्ड शहरमा रहेको छ । माइक्रोसफ्टका मालिक बिल ग्रेट्स विश्वकै चौंथा धनी व्यक्ति हुन् ।

माइक्रोसफ्टले धेरै किसिमका कम्प्युटिड उत्पादनहरू बनाउने, लाईसेन्स प्रदान गर्ने र सहयोग गर्ने काम गर्दछ ।

यसका सर्वाधिक बिक्री हुने उत्पादनहरू विन्डोज अपरेटिड सिस्टम र माइक्रोसफ्ट अफिस सुट हुन् । यी दुबै उत्पादनहरू बजारमा सर्वाधिक पाइने उत्पादन मध्य पर्दछन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेजनले कुल १ लाख ६७ हजारलाई रोजगारी सिर्जना गर्दै आएको छ । माइक्रोसफ्टको मार्केट भ्यालु २ ट्रिलियन डलर रहेको छ ।

एप्पल

एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतीय सामग्री बनाउने काम गर्छ ।

यस कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप,आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन ।

एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस,आइ ट्युन्स,आइ–वोर्कस,एपर्चर आदि पर्छन ।

एप्पलका सीइओ टिम कुक हुन् । एप्पलले कुल १ लाख ४७ हजार मानिसको लागि रोजगारी सिर्जना गरेको छ । एप्प्लको मार्केट भ्यालु २.०८ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

टेस्ला

टेस्ला मोटर्स बिद्दुतीय गाडी, उर्जा संचय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ ।

२००३ मा स्थापित यो कम्पनीले बिद्दुतीय कार, लिथियम ब्याट्री उर्जा संचय र आवासीय सोलार प्यानल निर्माण गर्दै आएको छ ।

टेस्लाका सिईयो एलन मस्क विश्वकै दोस्रो धनी हुन् । केही समय पहिले उनी विश्वकै सबैभन्दा धनी व्यक्ति समेत बनेका थिए ।

टेस्लाले कुल ७० हजार ७०० जनालाई रोजगारी प्रदान गर्दै आएको छ । कम्पनीको मार्केट भ्यालु ६६६.५६ विलियन अमेरिकी डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here