मनसुन सुरु भएयता बाढी र पहिरोबाट ६७ जनाको मृत्यु, अझै जोखिम धेरै

काठमाडौं, १८ साउन । यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी बाढीपहिरोका कारण ५५ जिल्लामा अकल्पनीय क्षति भएको छ। जेठ मसान्तदेखि हालसम्म बाढीपहिरोमा घटनामा परेर ६७ जनाले ज्यान गुमाएको राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

जसमा ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाईते भएका छन् । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको उनले बताए । बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले उल्लेख गरे । उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको बताए । ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति उनले जानकारी दिए ।

यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् । नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here