कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त

काठमाडौं, १९ साउन । सरकारले डा. भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा नियुक्त गरेको छ । गरेको छ । बस्नेतले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तिपत्र लिएका छन् ।

सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

प्रधानमन्त्रीले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री एवमं स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले डा. बस्नेतलाई वीरको जिम्मेवारी दिएका हुन् ।

लामो समयदेखि वीर अस्पतालमा कार्यरत डा. बस्नेतलाई निर्देशक हुँदा अस्पताल व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here