लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

यसअघि हिजो विपक्षी गठबन्धनमा आवद्ध दलका नेताहरुले नवनियुक्त प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनको प्रकृया थाल्न आग्रह गरेका थिए । शंकर पोख्रेलको नेतृत्वको सरकार अल्पमतमा परेकोले धारा १६८ (२) अनुसार बहुमत सरकार गठन गर्न पर्ने उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here