सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, २० साउन । बुधबार छापावाल सुनको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १२८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here