हाइड्रो चम्किदा शेयर बजारमा नयाँ रेकर्ड, ११ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २० साउन । साताको चौंथो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक १२.०५ अंकले बढेर ३१२३.१५ अंकमा पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च अंक हो ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ०.७१ अंकले बढेर ५७८.२३ अंकमा पुगेको छ ।

आज जलविद्युत, फाइनान्स, विकास बैंक उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट र बैंक बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो विद्युतको सूचक ५.८१ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्सको १.६८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै लघुवित्त समुहको घट्यो । लघुवित्तको सूचक २.११ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङको १.४३ प्रतिशत घट्यो ।

बुधबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोडको कारोबार भयो ।

आज ११ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, यूनियन लाइफ इन्स्योरेन्स, खानीखोल जलविद्युत, दिव्यश्वरी हाइड्रोपावर, अपी पावर, कालिका पावर, अपर तामाकोशी, घलेम्दी हाइड्रो, नारायणी विकास बैंक, साञ्जेन जलविद्युत र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा निङ्दी ग्रुप पावरका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.३८ प्रतिशत घट्यो । त्यस्तै, लक्ष्मी इक्युटी फण्डको ४.७५ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनीले गर्यो । अपी पावरले ७९ करोड ४९ लाख ९२ हजारको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here