जीवन विकास लघुवित्तले कमायो ६८ करोड खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, २१ साउन । गत महिना आइपीओ जारी गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।

लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलानामा २२.२७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ९ दशमलव ४६ प्रतिशत कम रू. ३८ करोड ३७ लाख ४१ हजार भएको छ । सम्भावित जोखिम शिर्षकमा २६ दशमलव ८९ प्रतिशत बढी रू. ७६ करोड १७ लाख ६९ हजार रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा गत वर्ष कम भएको हो ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी साउन १४ गतेदेखि शेयर कारोबार सुरु गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६० करोड ८४ लाख कायम भएको छ ।

कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा १३७ दशमलव ६२ प्रतिशत बढी रू. १ अर्ब ३० करोड ९४ लाख ७ हजार कायम भएको छ ।

कम्पनीले अघिल्लो वर्षभन्दा १९३ प्रतिशत बढी रू. ९ अर्ब ९२ करोड ४७ लाख ४९ हजार कर्जा सापटी लिएर ९१ दशमलव ८७ प्रतिशत बढी रू. २० अर्ब ४५ करोड ८२ लाख ३७ हजार कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन ४३ दशमलव ८८ प्रतिशत बढी रू. ८ अर्ब ९ करोड ४ लाख १९ हजार भएको छ । निष्क्रिय कर्जा शून्य दशमलव ६१ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here