‘म माओवादी केन्द्रमै छु, मलाई हस्ताक्षर गर्न बन्धक बनाइयो’

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफू माओवादी केन्द्रमा नै रहेको बताएकी छिन् ।

बिहीबार नेकपा माओवादी केन्द्रका नेताहरुसँगै पत्रकार सम्मेलनमा सार्वजनिक भई वलीले आफूले पार्टी परिर्वतन नगरेको बताएकी हुन् ।

प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानिय नेता मानवहादुर राउतले आफ्नै निवास तुलसीपुरमा आएर एमालेमा लाग्न दवाव दिएको र भूमिश्वरले नेपालगन्ज जान लागेको र पुराईदिने भन्दै लगेर मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको वताएकी छिन् ।

नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सांसद बनेकी विमला वली अहिले फेरि चर्चामा छिन् ।

श्रीमान उत्तम कुमार वली दुर्घटनामा गुमाएपछि दाङकी विमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनलाई कसैले खोजेन र चर्चामा पनि आइनन् । उनका पति एमालेबाट निर्वाचित थिए । तर उनले उपचुनाव जित्ने बेलासम्म नेकपा बनिसकेको थियो ।

नेकपाबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकाले एमालेमै रहनुपर्ने जिकिर सत्ता पक्षले गर्‍याे । शुरुमा एमालेका संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि सहभागी भइन् ।

तर, मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि हटाउने योजना बनाएका विपक्षी गठबन्धनले उनलाई माओवादी केन्द्रमा सामेल गराएर बहुमत पुराउने तयारी गरे । यसैलाई टेकेर वलीले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here