दुईदिन नेप्सेको वेभसाइट सेवा पूर्ण रुपमा बन्द हुने

काठमाडौं, २१ साउन । नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेभसाइटको सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । नेप्सेले पुरानो वेभसाइट तथा नयाँ वेभसाइट २२ गते शुक्रबार र २३ गते शनिवार पूर्ण रुपमा बन्द हुने जनाएको हो ।

विहीबार एक सूचना निकाल्दै मेन्टेनेन्स तथा अपग्रेडको कार्य गर्न लागेकोले बन्द हुने जनाएको छ ।

नेप्सेले डाटा माइग्रेसन कार्य अहिले पनि गरिरहेको छ । सोही कारण दुवै वेभसाइटमा डाटा डिस्प्लेमा विभिन्न समस्या देखिएका छन् । त्यसको समस्या समाधानको लागि आफ्नो पुरानो वेभसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ । सो को लागि हाल पुरानो वेभसाइटमा भएका डाटाहरु नयाँमा माइग्रेट गर्न लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here