निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, २२ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत अर्थात १ करोड ७ लाख कमी हो । अघिल्लो आवमा बैंकले ८४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा ६५ करोड ८५ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढे पनि गैरसञ्चालन आम्दानी घट्दा खुद नाफामा गिरावट आएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको गैरसञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ।

हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ६५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले ३० करोड निक्षेप संकलन गरी २ अर्ब २७ करोड कर्जा लगानी गरेको छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँबाट घटेर ४.१८ रुपैयाँमा सीमित भएको छ।

यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११७.७० गुणा र खराब कर्जा शून्य प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here