नेपाल आइपुग्यो भुटानले दिएको कोभिडविरुद्धको खोप

काठमाडौं, २२ साउन । भुटानले नेपाललाई अनुदानस्वरुप दिएको कोभिड खोप एस्ट्राजेनने शुक्रबार नेपाल ल्याइएको छ ।

भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो ।

भुटानले यसअघि आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर बाँकी रहेको खोप छिमेकी मुलुकलाई दिने घोषणा गरेको थियो ।

कोभिडविरुद्धको ३ लाख डोज खोप भुटानले नेपाललाई उपलब्‍ध गराएको हो । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गरेको हो ।

खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन ।

अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here