यस्तो छ सत्तारूढ गठबन्धनको साझा कार्यक्रम, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

काठमाडौं, २२ साउन । सत्तारूढ गठबन्धनले प्रस्तावित साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनका शीर्ष नेतालाई बुझाएको छ ।

साझा न्यूनतम कार्यक्रम र कार्यविधि तयार पार्न गठित कार्यदलले साझा कार्यक्रम प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको हो ।

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल साझा न्यूनतम कार्यक्रममा सहमत भएका हुन् ।

कार्यक्रममा कोभिड १९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधानलाई मुख्य प्राथमिकतामा राखेको छ ।

न्यूनतम साझा कार्यक्रममा दलहरूबीच सहमतिका आधारमा संविधान संशोधनका लागि पहल गर्ने, संघीयता कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सबलीकरण गर्नेलगायतका विषय समेटिएका छन् ।

प्रारम्भिक मस्यौदामा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तराई मधेसमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरूको पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरूको रिहाइ गर्नेलगायतका विषय समेटिएका छन् ।

त्यस्तै सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको बृहत् शान्ति सम्झौता तथा मधेस आन्दोलनलगायत विभिन्न पक्षहरूसँग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन गर्ने पनि साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रमको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here