बालाजुस्थित औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

काठमाडौं, २३ साउन । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ।

नेविको बिस्कुटको कारखानामा बिहान २ बजेदेखि लागेको आगो हेलिकप्टरबाट पानी हाल्नेदेखि दमकलको प्रयोगपछि नियन्त्रणमा आएको हो।

सिम्रिक एअरको हेलिकप्टर रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको थियो। यसैगरी दमकल, प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा खटेका थिए। अहिले आगलागी स्थलबाट धुँवा आउने क्रम रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here