एसईईको नतिजा प्रकाशित,यसरी हेर्नुस् नतिजा

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गरेको छ ।

बोर्डले विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी नतिजा प्रकशन गरेको हो ।

कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले एसईईको नजिता निकाल्न गत वर्षजस्तै सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न दिएको थियो। ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

एसईईको नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here