थप ३२१८ जनामा कोरोना पुष्टी, १७२२ जना संक्रमण मुक्त

काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा देशभर ३२१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २२३१ र ४७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७२२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६७ हजार २१० जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here