यी हुन तोकेको मितिमा कर नतिर्ने ५२ करदाता

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाले घरजग्गारसम्पत्ति लगायतका अन्य कर नबुझाउने व्यक्ति, पसल, घर तथा व्यवसायको नामावली सार्वजनिक गरेको छ ।

पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार कर बुझाउनका लागि ५२ करदाताको सार्वजनिक सूचना निकालेको हो ।

कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनी रहेका छन् ।

‘विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण सहित बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुहोला’, सूचनामा भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबै करदाताहरूमा जानकारी गराइन्छ ।’

यी करदातालाई कर तिर्न ३० दिनको म्याद दिइएको छ । सो अवधिभित्र तिर्नुपर्ने कर नतिरे कानुन अनुसार कारबाही र जरिवाना गरिने महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here