थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा देशभर २ ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घण्टायता कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् ।

थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । अहिले ३५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ४७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पीसीआर र ३ लाख ५७ हजार ५९५ वटा एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here