सानिमा लाइफको आइपीओ आवेदनमा नयाँ कीर्तिमान, कतिले भरे?

काठमाडौं, २४ साउन । सानिमा लाइफ इन्स्यारेन्सको आइपीओ आवेदनमा नयाँ कीर्तिमान बनेको छ । इन्स्यारेन्सको आइपीओमा अन्तिमदिन सम्ममा २४ लाख १९ हजार जनाले आवेदन दिएका छन् ।

आइतबार साँझ ५ बजेसम्म २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६४.४२ गुणा बढी हो । अन्तिम दिन यकिन तथ्यांक नआइसकोले यो संख्या अझै बढ्न सक्नेछ ।

कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो । यसअघि युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा सार्वधिक आवेदन परेको थियो। यो आइपीओमा झन्डै पौन २२ लाख आवेदन परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here