मञ्जुश्री फाइनान्सको खुद नाफा ११५ प्रतिशतले वृद्धि

काठमाडौं, २५ साउन । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा ११५.८१५ ले बढी हो । मञ्जुश्रीको खुद ब्याज आम्दानी २८.६१५ ले घटे पनि ‘अन्य सञ्चालन आम्दानी’ २७३.३६५ ले बढेर ७६ करोड २६ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २८.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ११३.६९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको नेट फि तथा कमिशन आम्दानी ३७.०७ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १० करोड ४२ लाख रुपैयाँबाट बढेर ७६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस फाइनान्सको जगेडा कोष ५७.८७ प्रतिशत बढेको छ। त्यस्तै, फाइनान्सको निक्षेप ५२.३६ प्रतिशत र कर्जा ५.४८ प्रतिशत बढेको छ।

खुद नाफा उल्लेख्य बढेपछि फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढ्न पुगेको छ। सो अवधिमा फाइनान्सको यस्तो आम्दानी २६ रुपैयाँ ६७ पैसा बढेर ५८ रुपैयाँ ८५ पैसा पुगेको छ।

सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २१.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here