मैलुङ खोला जलविद्युतको आइपीओ बाँडफाँड गर्ने मिति तय

काठमाडौं, २५ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबार आइपीओ बाँडफाँड गर्ने भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड प्रि-अलटमेन्ट सम्पन्न गरेसँगै मंगलबार शेयर बाँडफाँड गर्न लागेको हो ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

कम्पनीले साउन १४ गतेदेखि ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्काशन गरेको थियो।

यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ५ प्रतिशत हुने ३६ हजार ८१४ कित्ता शे यर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन खुला गरेको थियो ।

२ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि ४१.६८ गुणा बढी आवेदन परेको थियो ।

कम्पनीले यस अघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ बिक्री गरिसकेको छ । मैलुङको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०५९ साउन ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो । २०७१ भदौ ६ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएर कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६० चैत ३ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २०९४ चैत मसान्तसम्म बाहल रहनेछ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले रसुवा जिल्लामा वहने मैलुङ खोलाको पानी उपयोग गरी ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here