शेयर बजार : हाइड्रो र फाइनान्स चम्किँदा ९ कम्पनीमा पोजेटिभ सर्किट, १४ अर्बको कारोबार

काठमाडौं, २५ साउन । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ अंकमा पुगेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । आज इन्डेक्स २.०५ अंकले घटेर ५७५.९५ अंकमा झर्यो ।

आज हाइड्रो, फाइनान्स, अन्य र जीवन बिमा बाहेक अरु सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै हाइड्रो र फाइनान्सको सूचक बढ्यो । दुवैको सूचक ३.३५ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ०.४० प्रतिशत र जीवन बिमा समुहको सूचक ०.२७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । यस समुहको सूचक १.०७ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.०४ प्रतिशत र होटल एण्ट टुरिजमको १.०१ प्रतिशत घट्यो ।

सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोडको कारोबार भयो ।

आज ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लागेकामध्ये जीवन विकास लघुवित्त, आइसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलसर्प, यूनियन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, ङादी हाइड्रोको ९.९९ प्रतिशत, यूनियन लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशत र हिमालयन उर्जा विकासको ९.६७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एसविएल डेबेन्ड्युलका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.९६ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलसर्पले गर्यो । कम्पनीले ६७ अर्ब ४८ करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here