एमालेमा अध्यक्ष शक्तिशाली बनाइँदै, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य व्यवस्था नराखिने

फाइलफोटो

काठमाडौं, २५ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताउनुभयो । उहाँका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

हाल एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here