यी हुन् नेपाली बजारमा उपलब्ध १० लाख मूल्यका मोटरसाइकल

काठमाडौं । विश्व बजारमा देखिने महङ्गो मूल्यका मोटरसाइकलहरु नेपाली बजारमा भित्रिरहेका छन् । चर्चित ब्राण्डका महंगो मोटरसाइकलप्रति उद्योगी, व्यवसायीदेखि राष्ट्रिय जीवनका व्यक्तित्वहरु आर्कषित छन् ।

महङ्गा मोटरसाइकलहरु केही कम मात्रामा बिक्री हुने भएतापनि यी मोटरसाइकलको आफ्नो छुट्टै ग्राहक सर्कल छ । मोटरसाइकलका शौखिन यूवाहरु यस्ता महङ्गा मोटरसाइकलप्रति आर्कषित छन् ।

१० लाख मूल्यका मोटरसाइकल

१. बीएमडब्लू ३१० जिएस

बीएमडब्लू ३१० जिएस नेपाली बजारमा उपलब्ध महङ्गो मध्यको एक मोटरसाइकल हो । भारतमा उत्पादन भएको यस मोटरसाइकको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्स हो ।

बीएमडब्लू जी–३१० जीएसको सुरुवाती मूल्य नै १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकलमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ ।

२. केटीएम ३९० एड्भेञ्चर

नेपाली बजारमा हंशराज हुलाशचन्द एण्ड कम्पनीले विक्री गर्दै आएको केटीएम ३९० एड्भेञ्चर मोटरसाइकल हो । ‘रेडी टु रेस’ नाराका साथ सुरु भएको यस मोटरसाइकल विशेषत धेरै घुम्न निस्कने यूवा लक्षित छ ।

केटीएम ३९० एड्भेञ्चर १० लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरि नेपाली बजारमा विक्री हुँदै आएको छ । यस मोटरसाइकलमा ३७३ सीसी को अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ ।

त्यस्तै, रोयल इन्फिल्ड हिमालयन पनि नेपाली बजारमा उपलब्ध महङ्गा मध्यका एक मोटरसाइकल हो । ४११ सीसी क्षमता रहेको हिमालयनको बीएस ४ भर्सनको नेपाली मूल्य ८ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here